नियम
अनुसन्धानको सूचना माग गर्दा निवेदन दिने
(१) ऐनको दफा ७ बमोजिम पीडितले अनुसन्धान सम्बन्धी सूचना माग गर्दा अनुसन्धान अधिकारी वा अनुसन्धान गर्ने निकायको प्रमुख समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन परेमा अनुसन्धान अधिकारी वा अनुसन्धान गर्ने निकायको प्रमुखले सूचना माग गरेको विषयमा यथाशीघ्र अनुसूची-२ बमोजिमको ढाँचामा सूचना दिनु पर्नेछ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ७ को उपदफा :(२) बमोजिम सूचना दिन नमिल्ने अवस्था भएमा सोही व्यहोराको जानकारी पीडितलाई सूचना माग गरेको मितिले सात दिन भित्र अनुसूची-३ बमोजिमको ढाँचामा दिनु पर्नेछ।